-
काठमाडौं , पुस १६ गते बिहीबार ।।
-
जनप्रभाव – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन्। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका हुन्।

बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरूलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताए। ‘केपी ओलीले केही मान्छेहरूलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन त्यो भेला भनेको एउटा गुटको भेला हो। त्यो संविधान विरोधी भेला हो। त्यो लोकतन्त्र विरोधी भेला हो। त्यो अराजक मान्छेहरूको भेला हो। त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरूको भेला हो। त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन्,’ उनले भने ।




















