- काठमाडौं , पुस १५ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
बुधवार साँझ मन्त्रिपरिषद बैठक सकिए लगत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यको बारेमा जानकारी लिएका हुन् ।
प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पार्टी विभाजनपछि दुई नेताबीच संवाद भएको थिएन ।
यसैबीच प्रधानमन्त्रीको तर्फबाट नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।
सिताको स्वास्थ्यलाभको कामना लिएर प्रधानमन्त्रीको तर्फबाट बिष्णु पौडेल र सुवास नेम्वाङलाई अस्पतालमा पठाइएको हाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !