- सिरहा, पुस १५ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
सशस्त्र प्रहरी बल ७ नम्बर हेक्का गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरिले तमु समुदाय (गुरुङ) काे ल्होसार, उधौली र योमरी पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । तमु समुदायको महान पर्व ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ समुदायको प्राचिन पात्रो अनुसार पुस १५ गते मनाउने यस पर्वले नयाँ वर्ष शुरु भएको संकेत गर्दछ । यस अवसरमा समुदायमा नाता कुटुम्बहरु जम्मा भएर भोज खुवाउने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
एसपी गिरिको शुभकामना सन्देशमा लेखिएको छ, सांस्कृतिक परम्पराका धनी नेपालका तमु समुदायले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै आईरहेका छन् । तमु ल्होसारको छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राखेकाे विश्वास लिएको छु ।
सशस्त्र प्रहरी उपरीक्षक गिरिले आजै किराँत धर्मालम्वीको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हिको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा उनले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना जगाई शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि प्रेरणा प्रदान गर्न सकुन भन्ने कामना गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !