काठमाडौं, पुस १५ गते बुधबार ।।
जनप्रभाव – सम्बादाता
‘ठगी धन्दा’ चलाउनेहरुले अनेक शैली अपनाउँछन् । काठमाडौंको चन्द्रागिरी घर भएका जोनी महर्जन र नुवाकोट घर भएका राजकुमार खड्काले त्यस्तै नयाँ शैलीबाट ठगी गरेका छन् । ‘लक्जरी ट्राभल्स एण्ड टुर्स सञ्चालक हौं’ भन्दै टेकुस्थित ‘एनजिएम हिरो’ मोटरसाईकलको शोरुममा गएर उनीहरुले सोधे–‘हाम्रो कम्पनीका लागी कुन मोटरसाइकल राम्रो हुन्छ ?’
नेपाल जेनेरल मार्केटिङ प्रा.लिका विक्रेताले एक्सपल्स मोटरसाईकल राम्रो हुने सल्लाह दिए । सो मोटरसाइकलको बजार मूल्य ३ लाख ८० पर्छ । जोनी र राजकुमारले दुईवटा मोटरसाईकल लिए । अनि, ७ लाख ६० हजारको चेक शोरुमको नाममा काटेर छोडे ।
उनीहरुले दिएको चेक लामो समय साटिएन् । मोटरसाईकल किन्नेहरु पनि सम्पर्क बिहिन भए । अनि, विक्रेताले प्रहरी गुहारे । महानगरीय प्रहरी वृत्त कालिमाटीले जोनी र राजकुमारसहित ठगीमा संलग्न ४ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा रविभवनस्थित बि.एस अटोमोवाईल्स रिकण्डिशनका सञ्चालक सबिन राज गिरी र गोकर्ण गिरी पनि छन् ।
जोनी र राजकुमारले झुक्याएर ल्याउने मोटरसाईकल र स्कुटर किन्ने गरेको हुनाले सविनराज र गोकर्णलाई पनि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !