-
जनकपुरधाम ,पुस १५ गते बुधबार ।।
-
जनप्रभाव – सम्बादाता
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले तमु समुदाय (गुरुङ) काे ल्होसार, उधौली र योमरी पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । तमु समुदायको महान पर्व ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ समुदायको प्राचिन पात्रो अनुसार पुस १५ गते मनाउने यस पर्वले नयाँ वर्ष शुरु भएको संकेत गर्दछ । यस अवसरमा समुदायमा नाता कुटुम्बहरु जम्मा भएर भोज खुवाउने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
डीआईजी सिंहको शुभकामना सन्देशमा लेखिएको छ, सांस्कृतिक परम्पराका धनी नेपालका तमु समुदायले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै आईरहेका छन् । तमु ल्होसारको छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राखेकाे विश्वास लिएको छु ।
डीआईजी सिंहले आजै किराँत धर्मालम्वीको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हिको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !