- काठमाडौं , पुस १४ गते मंगलवार ।।
- जनप्रभाव – सम्बादाता
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् । मंगलबार चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल(आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको हो ।
चारै दलका नेताद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ प्रधानमन्त्री केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ ।’
विज्ञप्तिमा मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाँडै नै घोषणा गरिने उल्लेख गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !