- काठमाडौं , पुस १४ गते मंगलवार ।।
- जनप्रभाव – सम्बादाता
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयका जनगुनासोलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री तुम्बाहाम्फेले मालपोत र नापी कार्यालयमा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने गरेको गुनासो धेरै रहेको बताउँनुभयो ।
यस्ता गुनासो अबका दिनमा आउन नदिन आफू प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।
त्यस्तै उहाँले कानुनी रुपमा जुनसुकै काम गर्न छुट भएपनि गैरकानुनी रुपमा काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !