- काठमाडौं , पुस १४ गते मंगलवार ।।
- जनप्रभाव – सम्बादाता
जनता समाजवादी पार्टी ( जसपा ) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ ।
भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ ।
उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए ।
यो सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उनले उल्लेख गरेका छन् ।
हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा
बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !