Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संसद विघटनको विरोधमा नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन




  • धरान, पुस १३ गते सोमबार ।।
  • जनप्रभाव : सम्बादाता


प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमवार देशव्यापी प्रदर्शन गरेको छ । विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली प्रदर्शन गरिएको छ ।

पूर्वघोषित कार्यक्रम अनुसार धरानमा वृहत विरोध प्रदर्शन आयोजना गरियो । धरान छाताचौकमा भेला भएको कांग्रेस सुनसरी–१ का कांग्रेस संगठनका कार्यकर्ताहरु सहभागी बृहत जुलुस भानुचौक स्थित लोकतान्त्रिक चौतारीमा विरोध सभाका रुपमा परिणत भएको थियो ।

देशका विभिन्न भागहरुमा आयोजित विरोध सभाहरुमा कांग्रेस नेताहरुले प्रधानमन्त्री आलीको गैरसम्बैधानीक कदमको चर्को विरोध गरे । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेसमा संसद पूनस्थापना र मध्यावधी चुनावमा जानुपर्ने दुई धारका कुरा प्रवल भएर आएको अवस्थामा विरोध प्रदर्शन आयोजना भएको छ । विरोध सभाहरुमा कांग्रेस नेताहरुले गरेको सम्बोधनमा त्यो कुरा प्रतिविम्बित भएको हो ।

कांंग्रेस सभापति देउवाले संसद विघटन सम्वन्धि सर्वोच्च अदालतको कोर्टबाट हुने फैसलालाई कांग्रेसले कुर्ने बताएका छन । भक्तपुर २ मा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र अदालतको आदेशको समेत पालना गर्ने पार्टी भएकाले संसद विघटनका विषयमा पनि अदालतको निणर्य हेरेर थप निर्णय लिने बताए । संसद विघटको मुद्दा अदालत पुगिसकेको छ, अदालतमा विचराधीन मुद्दामा कांग्रेस यो गर त्यो गर भन्दैन, निर्णय कुर्छ, कांग्रेस कानुन मान्ने पार्टी हो,’ सम्बोधनका क्रममा देउवाले भने ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले सोमबार भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले भने, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो ।

महामन्त्री डा।शशांक कोइरालाले वर्तमान केपी ओली सरकारले चुनाव गराउनै नसक्ने बताएका छन् । नवलपुरमा आयोजित विरोधसभालाई संवोधन गर्दै महामन्त्री कोइरालाले अरुलाई देखाउन मात्रै ओली सरकारले चुनावको मिति घोषणा गरेको बताएका हुन् ।

महामन्त्री कोइरालाले केही गर्न नसकेको ओली सरकारले संसद विघटन गरेको बताए । ओली सरकारले तीन वर्ष व्यर्थै बितायो, उनले भने, समृद्धि मुखमा मात्रै छ, व्यवहारमा छैन । महामन्त्री कोइरालाले चुनाव भइहालेमा कांग्रेसलाई विजयी गराउन आग्रह गरे । प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको राजनीतिक दुर्घटनाको पहिलो दोषी केपी ओली र दोस्रो दोषी पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् ।

कांग्रेसले आयोजना गरेको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत काठमाडौंको कोटेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर २ को विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले ओली र प्रचण्डबीचको भागबण्डा नमिल्दा संसद विघटन गरिएको बताएका हुन् । प्रवक्ता शर्माले ओली सरकारले शासन गर्ने नैतिक आधार गुमाइसकेको दाबी गरे ।

कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा सोमबार ¥याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको ¥याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् ।

युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएका छन् । प्रतिनिधि सभा विघटनको बिरुद्ध पार्टीले देशैभर आयोजना गरेको बिरोध प्रदर्शनलाई नेपालगंजमा सम्बोधन गर्दै थापाले अदालतले न्याय दिने आशा व्यक्त गरे ।

‘अदालतले न्याय देओस श्रीमान्, अदालत प्रति जनताको आस्था र सम्मान छ, श्रीमान न्यायको हत्या नहोस,’ सम्बोधन क्रममा नेता थापाले भने ।

उनले सम्बोधनका क्रममा कांग्रेसले अदालतको आदेशको पालना गर्ने समेत स्मरण गर्दै उनले भने ‘अदालतप्रति कांग्रेसको भरोसा छ, कांग्रेसले अदालतको आदेशको पालना गर्छ, ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

12 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

1 year पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh