- धरान , पुस १३ गते सोमबार ।।
- जनप्रभाव : सम्बादाता
स्थापनाकालमा अस्पताल संगै डाक्टरी पढाईको लागि एशियाकै स्तरिय मेडिकल इन्स्टिच्युट मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुणस्तर घट्दो अवस्थामा छ । अस्पतालमा स्वास्थ्योपचारमा हुने लापरवाहीका घट्ना सामान्य बनिरहेका छन् । यसै बेला आइतवार एमबिबिएस विद्यार्थीका छात्राबासमा भएको घट्नाले विद्यार्थीमा बढेको अनुशासन हिनता सार्वजनिक भएको हो ।
राती रक्सीले मातेको अवस्थामा छात्राबासमा गैरविद्यार्थी समेत लैजाने, गुण्डागर्दी गर्न कुनै रोक रोकावट नभएको खुलासा भएको हो । प्रतिष्ठान प्रशासनले यस्ता कुरामा कडाई नगर्दा कारवाही गर्न प्रहरी गुहार्नु पर्ने स्थिति आएको देखिएको छ । प्रतिष्ठानले प्रहरी लाई गुहार लगाएपछि रक्सीले मातेर होष्टलमा गुण्डागर्दी, तोडफोड समेत गर्ने विद्यार्थी लाई पक्राउ गरि इलाका प्रहरी कार्यालयले तस्विर समेत सार्वजनिक गरेको हो ।
इलाका प्रहरी धरानद्वारा जारी विज्ञप्ती अनुसार एमबिबिएसका विद्यार्थी विराटनगर–१३ का २६ वर्षिय रोशन यादव र उनिसंगै होष्टल गएका सप्तरी त्रिकाल गाउँपालिका–४ का २७ वर्षिय केशव यादव लाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनिहरुले प्रतिष्ठानको १ नम्बर ब्वाइज होष्टल छात्रबासमा मादक पदार्थ सेवन गरेर आई तोडफोड गरी ढोका तथा झ्यालको सिसाहरु फुटाई क्षती पु¥याएको उजुरीको आधारमा पक्राउ गरेको जनाएको छ । घट्ना राती साढे १० बजे भएको हो ।
समान्यतः कुनैपनि शैक्षिक संस्थाको छात्रावासमा रातको समय बाहिरका व्यक्ति बस्न पाउँदैन । मादक पदार्थ सेवन गर्न, होहल्ला, गुण्डागर्दी टाढैको कुरा हो । तर उक्त घट्नाले वीपीको छात्राबासमा रेखदेख र कुनै नियमनै नभएको पुष्टी गरेको छ । घट्ना भएपछि छात्राबास प्रशासनले आफै आश्चर्य प्रकट गरेको छ ।
उक्त घट्नाले वीपीमा पहुँचका भरमा कस्ता विद्यार्थीले भर्ना पाउँछन् भन्ने प्रश्न पनि उठाएको छ । मादक पदार्थ सेवन गरी छात्राबासमा तोडफोड गरेका विद्यार्थी यसअघि पनि प्रहरी कार्वाहीमा परेको प्रहरीले जनाएको छ । उनिहरु लाई सार्वजनिक अपराधको अभियोगमा प्रमुख जिल्ला अधिकारी बाट म्याद थप गराई अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ ।
तस्विरः इलाका प्रहरी कार्यालय व्दारा विज्ञप्ती सहित जारी तोडफोड गर्ने विद्यार्थी यादव र उनका साथी ।
तस्विरः इलाका प्रहरी कार्यालय धरान ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !