- काठमाडौं , पुस १३ गते सोमबार ।।
- जनप्रभाव – सम्बादाता
नेपाल प्रहरीका एसएसपी दिवेश लोहनी डीआईजीमा बढुवा भएका छन् । सोमबार बसेको डीआईजी बढुवा समितिको बैठकले लोहनी सहित ९ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा दिवेश लोहनी , गणेश ऐर, पुरूषोत्तम कँडेल, राजेश कुमारलाल कर्ण, डा. देवबहादुर बोहरो, रामकृपाल शाह, उमेश रञ्जितकार प्रकाश अधिकारी र मुकुन्द आचार्य छन् ।



