- कैलाली , पुस १३ गते सोमबार ।।
- जनप्रभाव – सम्बादाता
कैलालीको जुगेडामा भएको प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याकाण्डका मुख्य योजनाकार सुकबहादुर भन्ने अमर रानालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । राना घटनापछि भारततर्फ फरार रहेका थिए ।
उनलाई आइतबार भारतीय सीमावर्ती क्षेत्र धनगढी उपमहानगरपालिका–१९ फूलबारीबाट राति साढे ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिक विष्टले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !