- काठमाडौं, पुस १३ गते सोमबार ।।
- जनप्रभाव : सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विभाजनपछिको अवस्था बुझ्न र नेकपा नेतृत्वलाई अझै पनि मिलाउने प्रयासका लागि राजधानी आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधि मण्डल प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोलीले प्रचण्डसँग छलफल पछि आजै विभाजित नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ ।
आइतवार विशेष विमानबाट काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।
आइतबार काठमाडौं आइपुगेका चिनिया टोली चारदिन नेपालमै बस्ने बताइएको छ ।
-
परराष्ट्र मन्त्रालय बेखबर
चिनियाँ टोली नेकपाभित्रको विवाद मत्थर पार्ने नेपाल आएको बताइए पनि यो भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर छ। परराष्ट्र मन्त्रालयले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। ‘उहाँहरू राजनीतिक दलको निमन्त्रणामा आएको हुन सक्छ, भ्रमणबारे मन्त्रालयलाई जानकारी छैन र मन्त्रालयले समन्वयन पनि गरेको छैन,’ मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नागरिकसँग भनिन्। सामान्यतया बहालवाला र महŒवपूर्ण सार्वजनिक पदमा बहाल भइसकेका व्यक्तिहरूले विदेशी मुलुकका प्रतिनिधिसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई सँगै राख्नुपर्ने हुन्छ। तर व्यवहारमा भने त्यस्तो देखिँदैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !