- काठमाडौं,पुस १३ गते सोमबार ।
- जनप्रभाव : सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) विभाजनमा अलि बढी नै चाँसो लिइरहेको छिमेकी राष्ट्र चीनको गतिविधिप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले चिनियाँ सक्रियताप्रति आशंका व्यक्त गरेका छन् ।
‘पंचशील सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीतिको धज्जी उडाउँदै चिनियाँ कुटनीतिज्ञद्वारा भैरहेको आन्तरिक हस्तक्षेप खेदजनक छ ।’ राज्यमन्त्री मण्डलले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले पार्टी संचालनदेखि राज्य संचालन तहसम्ममा देखिएको माइक्रो म्यानेजमेन्ट शैली असह्य रहेको धारणा राखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !