- काठमाडौं , पुस १२ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
जनता समाजवादी(साविक जनता समाजवादी)का सांसद डा. सुरेन्द्र यादवको अपहरणकाण्डमा मुछिएका पूर्वसांसद सर्वेन्द्र खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने आशामा थिए । तर संवैधानिक परिषदले २०७७ मंसिर ३० मा गरेको सिफारिसमा उनी परेनन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा पूर्वएआइजी जयबहादुर चन्द आयुक्त परे । तर खनालले प्रधानमन्त्री ओलीका लागि सांसद नै अपहरण गर्ने जोखिम मोले पनि उनलाई आयुक्त नबनाइएपछि उनी असन्तुष्ट भएका भएका थिए । उनले यादव अपहरणमा सँगै गएका महेश बस्नेत र किसान श्रेष्टसँग असन्तुष्टी प्रकट गरेका थिए । प्रधानमन्त्री निकट सांसद महेश बस्नेतले खनाललाई अख्तियारको आयुक्त बनाउने आश्वासनसहित सांसद यादवलाई जनकपुरबाट काठमाडौंमा ल्याउनका लागि लिएर गएका थिए । बस्नेतले उनलाई अब खाली हुने पदमा नियुक्ति हुने आश्वासन दिएको चर्चा छ ।
अख्तियारमा प्रमुख आयुक्तसहित रिक्त ३ आयुक्तमा नपरे पनि उनलाई छिट्टै एक आयुक्त पद रिक्त हुने भएकाले नियुक्ति पाउने आश्वासन दिइएको कुरा खनाल नै आफ्ना निकटस्थहरुसँग भन्न थालेका छन् ।
अख्तियारमा प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि हाल कामु प्रमुख डा.गणेशराज जोशीले राजीनामा दिने र उक्त पदमा नियुक्ति हुने आशामा खनाल छन् । आफूभन्दा कनिष्ट राईलाई प्रम्ख आयुक्त बनाएपछि डा. जोशीले राजीनामा दिने अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !