- नयाँदिल्ली , पुस ११ गते सनिवार ।।
- जनप्रभाव : सम्बादाता
नेपालका लागि भारतका पूर्वराजदूत मन्जीव सिंह पुरीले नेपालमा राजसंस्था फर्किने सम्भावनालाई नकार्न नसिकिने बताएका छन्। नेपालमा बदलिँदो राजनीतिक घटनाक्रमबारे पुरीले आफ्नो लेखमा अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनस्थापनाको जबरजस्त सम्भावना रहेको टिप्पणी गरेका छन्।
पुरीले पूर्व राजा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्झौता भएको हुनसक्ने कुरालाई नकार्न नसकिने बताएका छन्। उनले लेखेका छन्, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्व राजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादहिरुको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरसँग कुनै सम्झौता हुन सक्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।’
प्रधानमन्त्री ओलीले पहिले पनि संस्कृतिक राजाको पक्षमा आफू रहेको उल्लेख गर्दै पुरीले पूर्व राजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुनसक्ने पुरीको बुझाई देखिन्छ। उनी लेख्छन्, ‘विगतमा प्रधानमन्त्री ओलीले आफू सांस्कृतिक राजतन्त्रका लागि खुला रहेको बताएका थिए।’
पुरीले संसद् विघटन काँग्रेसका लागि ‘गड सेन्ड'(भगवानले दिएको) विश्लेषण गर्दै उनले यसले काँग्रेसलाई निर्धारित समयभन्दा अगावै सरकारमा जाने अवसर सृजना गरेको बताएका छन्। यसले काँग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीमा भइरहेको नेतृत्वको आलोचना मत्थर पार्न पनि सघाउने पुरीको विश्लेषण छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !