- बिरगञ्ज, पुस ११ गते सनिवार ।
- जनप्रभाव – सम्बादाता
मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षामा जोड दिनु आबश्यक रहेको बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको लैङ्गिक हिन्सा न्यूनीकरण एव पीडित सहायतामा एकीकृत प्रयास को अपरिहार्यता बिषयक कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक संरचनालाई मध्यनजर गर्दै प्रदेश सरकारले बेटी पढाउ , बेटी बचाउ अभियान सञ्चालन गरेको र उक्त अभियान ले लैङ्गिक हिंसा न्यूनीकरणमा मद्द्त पुर्याउने बिश्वास व्यक्त गर्नु भयो ।
महिलाहरुको सशक्तीकरणका लागि प्रदेश सरकारले शिक्षा का साथै हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागी प्रहरी लगायत निजामती सेवामा समेत ५०प्रतिशत आरक्षणको ब्यबस्था गरेको उहाँको कथन थियो ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडित हरुको न्यायका लागि प्रदेशमा छुट्टै कानुन निर्माण गरिने समेत बताउनु भयो ।
कार्यक्रममा बिघटित प्रतिनिधि सभा सदस्य प्रदिप यादव , प्रदेश सभा सदस्य करिमा बेगम, रमेश पटेल , बिरगंज महानगर का प्रमुख विजय सरावगी सहितका बक्ताहरुले सम्बोधन गर्नु भएको थियोे ।
कार्यक्रममा प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सा जिल्लामा लैङ्गिक हिंसाको अवस्था बारे प्रस्तुति गर्नु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !