- काठमाडौ , पुस ९ गते बिहीबार ।
- जनप्रभाव – सम्बादाता
सरकारले मंसिर २६ गते प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई साढे ३ करोडको र पूर्व प्रधानन्यायाधीशहरूलाई पनि त्यस्तै गाडी खरिदका लागि १० करोड गरी साढे १३ करोड रुपैयाँ निकासा हुनेगरी सहमति दिएको छ ।
विश्वभरि कोरोनाको महामारी र त्यसबाट बच्न अन्य राष्ट्रले खोप निर्माणसँगै खरिदका लागि अग्रिम भुक्तानी गरिरहँदा हाम्रो सरकारको त्यतातिर ध्यान गएको छैन । आफ्नो उत्पादनको मूल्य नपाएर काठमाडौं आई रुवाबासी गरिरहेका उखु किसानको उत्पादनको मूल्य तिराउनसमेत आनाकानी गरेको सरकारले श्रीमान्हरूका लागि गाडी खरिदमा भने हतार–हतार प्रक्रिया अगाडि बढाउनुलाई अर्थपूर्ण मानिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !