- आलोक यादव
- सिरहा, पुस ८ गते बुधबार ।।
प्रशासन सेवामा मात्र नभई सदैव समाजिक सेवामा समेत सक्रिय रहेका एक कुशल प्रशासक प्रमुखको नाम हो प्रदिपराज कणेल ।
रौतहटको भुमिमा जन्मेका प्रदिपराज कणेल जिल्ला प्रशासन कार्यालय प्रमुखमा नभई एक सक्षम र योग्य समाजिक अभियन्ता पनि हुन् । देशका विभिन्न जिल्लामा प्रशासकको भुमिकामा रहि कुशलताका साथ कार्य गरेका प्रजिअ कणेल जिल्ला प्रशासन कार्यालय सिरहामा एक अनौठो कार्य गरि सबैलाई चकित बनाएका छन् ।
सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन समयमा विना झनझट सेवा पाउनु नैठुलो खुशीको कुरा रहेको बेला प्रजिअ कणेलको उदार चरित्र त्यति बेला सबैले देखि जति बेला चिसो मौसममा कापदैं आएका सेवाग्रहीले उपहारसहित घर जान पाए ।
प्रसङ्ग छ, बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा नागरिकता लिन आएका सिरहा जिल्लाको अर्नमा २ कि ७० वर्षीय साजो डाेमले सहजै नागरिकता पाउनुको साथै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको हातबाट न्यानो लुगा पाएका छन् ।
वृद्धभत्ताको भरमा जीवन चलाइरहेकी अर्नमा – २ की ७० वर्षीया वृद्धा साजो डाेमले आफूले मर्ने बेलामा छोरा पाए सरह भएको बताइन् । उनले भनिन्, ‘भत्ताको पैसा घर खर्चमै ठीक हुन्छ । जाडो लागेको यत्रो समय भइसक्यो, तर एकसरो तातो लुगा किन्न सकिएन । आज जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिन समयमा सहजै रुपमा नागरिकताको प्रतिलिपी साथै प्रशासक को रूपमा भगवानले तातो लुगा दिएर पठाउनुभयो । उहाँको कल्याण होस् ।’ त्यस्तै, रामेश्वर डाेमले न्यानो कपडा दिएबापत उनलाई प्रशासक होइन आफ्नै छोरा सम्झेर माया र आशीर्वादबाहेक आफूसँग उनलाई दिन केही नभएको बताए ।
साथै, उनले जसलाई भोट दिएँ उनीहरुले दर्शन पनि नदिएको तर सेवाग्राहीलाई उनले बिना स्वार्थ न्यानो कपडा दिएर ठूलो गुन लगाएको बताइन् । रौतहट जिल्लाका स्थानीय बासिन्दासमेत रहेका प्रजिअ कणेलले आफ्नै व्यक्तिगत लगानीमा न्यानो लुगा वितरण गर्दै आएको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !