- जनकपुरधाम , पुस ८ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेशको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी नायव महानिरीक्षक ( डिआईजी ) चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक १५ देखि २० कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस ।
प्रदेश २ को कमाण्ड सम्हालन गएकै दिनदेखि सीमामा सुरक्षा, अपराध तथा चोरी पैठारी रोक्न सादा पोशाकमा खटाएका आफ्ना अधिकारीहरुको क्रियाकलपाको गुनासो र उनीहरुका संगठनको नीति विपरित गतिविधीका समाचारले वाक्क भएका डीआईजी गौतमले एक दुई होइन, घुमुवाको सेट नै परिवर्तनको निर्णय गरे । उनको निर्णय संगठनको हितमा थियो । जसले तस्करहरुको निदहराम गरेको छ ।
सशस्त्र प्रहरी बलको छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ७५ जना घुमुवालाई फिर्ता बोलाएको छ । यसरी फिर्ता हुनेमा लामो समयदेखि एकै क्षेत्रमा कार्यरत सई, असई, वरिष्ठ हवल्दार र सिपाही रहेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस्वरुप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानिएको हो ।
ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरुलाई कारबाहीस्वरुप मुख्यालयमा तानिएको प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए । उनका अनुसार उक्त प्रदेशका आठै जिल्लाका घुमुवालाई फिर्ता बोलाइएको हो ।
‘ती घुमुवाहरुलाई तानेर उनीहरुलाई भीड नियन्त्रण कसरी गर्ने, आन्दोलनमा ढुङ्गामुढा भएपछि कसरी नियन्त्रण गर्ने जस्ता ‘रिय रेस’ भन्ने तालीम दिने गरेको छ,’ उनले भने । गौतमले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, चोरी तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरुसँग समन्वय गरेको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !