- हेटौंडा : पुस ८ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका सबै जिल्लामा लागूऔषध सम्बन्धी सबै प्रतिबन्धित कारोबारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ ।
प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध गाँजाखेती नष्ट गर्ने र लागूऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालापमार्फत कार्य सञ्चालन गरेको हो ।
कार्यअन्तर्गत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागूऔषधको ओसारपसार नियन्त्रणमा अन्य काम गरिएको बागमती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।
बागमती प्रदेशभित्र पर्ने मकवानपुर, चितवन, सिन्धुली, धादिङलगायतका जिल्लामा अवैध लागूऔषध गाँजाखेती हुने र पूर्वपश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागूऔषधको गैरकानूनी खेती र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारवाही अभियान सञ्चालन गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !