- काठमाडौं,पुस ८ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ को मंंगलबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमका वीच समापन गर्नुभयो । सो प्रतियोगितामा ३÷३ स्वर्ण पदक जित्न सफल भई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी सर्वोत्कृष्ट हुन सफल भएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट उक्त दुवै टिमलाई सयुंक्त रुपमा ट्रफि तथा ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले अन्य टिम तथा विजयी खेलाडीहरुलाई समेत पदक तथा पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संगठन भित्र छरिएर रहेका प्रतिभावान खेलाडीको पहिचान गर्न यस प्रतियोगिता फलदायी रहने चर्चा गर्नहुँदै खेलकुदले सामूहिक भावनाको विकास गर्नुकासाथै स्वस्थ शरिर र तनावमुक्त रहन समेत खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले व्यावसायीक दायित्व निर्वाहकासाथै संगठनले खेलकुद गतिविधिलाई समेत प्राथमिकतामा राखेको चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा जिम्मेवारी निर्वाहको क्रममा समेत सामूहिक भावनाकासाथ कार्य गर्दा सांंगठानिक लक्ष्य प्राप्तीमा सघाउ पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शारीरिक एवं मानसिक रुपमा स्वस्थ र स्फुर्त सुरक्षाकर्मीबाट राष्ट्र र नागरिकको सेवा तथा सुरक्षाकोसाथै आपत् विपद् तथा उद्वार कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्न सघाउ पुग्नुकासाथै सामुहिक भावनाको विकास हुने चर्चा समेत गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले प्रतियोगिताका विजयी महिला खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।
सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र नारायणबावु थापा लगायत नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाही, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा तथा अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले विभिन्न खेलका बिजयी टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।
‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ को आज भएको फुटबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई ट्राईबेकरमा ३–० ले पराजित गरी फुटबलतर्फको उपाधि समेत हात पारेको छ । यसैगरी आजै भएको भलिबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीलाई ३–१ को सेटमा पराजित गरी भलिबलतर्फको उपाधि हात पारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !