- विराटनगर : पुस ८ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
सुविधाजनक बहुमत हुँदाहुँदै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली व्दारा असम्बैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई अस्थिरता उत्पन्न गराउने प्रयासको राजनीतिक दलहरुले संयुक्त रुपमा प्रतिरोध गर्नुुपर्ने धारणा राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गरेको छ । सर्वोच्च अदालत व्दारा विघटनको घोणा खारेज नभए मुलुकमा व्दन्दको स्थिति पैदा हुने पार्टीले निश्कर्ष निकालेको बताइएको छ ।
नेकपाको आन्तरिक विवाद देशको विकास, निर्माणको लागि नभई वाह्य शक्तिको व्दन्दको कारण उत्पन्न भएको पार्टीका अध्यक्ष केपी पालुङवाले दाबी गरे । वाह्य शक्तिलाई सन्तुलनमा राखेर आन्तरिक विवाद मिलाउन नसक्दा गरिएको संसद विघटनले नेपाल लाई अस्थिर बनाउने शक्ति लाई बल पुगेको छ । मंगलवार पत्रकार सम्मेलनमा उनले भने ‘यो स्थितिले हाल सम्म प्राप्त उपलव्धिहरुको स्थायीत्वका लागि चुनौती खडा भएका छन् ।’
संघीयता उपलव्धिपूर्ण भएतापनि पार्टीले संविधान त्रुटीपूर्ण रहेकोले पूनर्लेखनको माग गर्दै आएकोमा त्यही त्रुटीको दुरुपयोग गर्दै निर्वाचित संसद भंगगर्ने असम्बैधानिक कार्यको प्रतिरोधमा राजनैतिक दलहरु संग सहकार्य गर्न जनमुक्ति तयार रहेको उनले बताए । नयाँ राजनीतिक परिस्थितिको संयुक्त रुपमा सामना गर्न नेपाली कांग्रेस लगायतका ठूला दलहरु विच छलफल भएपनि संसद बाहिरका साना दलहरु लाई नबोलाइएकोमा उनको गुनासो थियो ।
ओली सरकार भ्रष्टाचारमा निर्लिप्त भएकाले नेकपाको दुई तिहाई जनमत अढाई वर्षको अवधिमा जनमत तरल भैसकेकाले मुलुकमा राजनैतिक स्थिरताका लागि ठूला दलहरुले साना दलहरु संग सहकार्य गर्न जरुरी भएकोमा पार्टीले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ । अध्यक्ष पालुङवाले भने ‘सर्वाच्च अदालतले बदर नगरे राष्ट्रपतिले घोषणा गरे जस्तो सजिलै चुनाव हुनेवाला छैन्, त्यस्को लागि पनि संसद बाहिर रहेका दलहरु सहितको सर्वदलिय सरकारको जरुरी हुन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !