- काठमाडौं,पुस ८ गते बुधबार ।।
- जनप्रभाव : सम्बादाता
कांँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने प्रष्ट पार्नु भएको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबारबाट सुरु भएको काँंग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक र अधिनायकवादी आकांक्षाबाट प्रेरित एवं सर्वसत्तावाद उन्मुख रहेको उल्लेख गर्नुभयो । उहाँले यस बिषयमा कांँग्रेस सम्यमतापूर्वक अघि बढनुपर्ने बताउनुभयो ।
त्यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांँग्रेसमा कोही पनि सत्ताको लोभमा पर्न नहुने बताउनुभयो । संसद बिघटनका बिषयलाई कांग्रेसले प्रतिवाद गर्नुपर्ने उहाँको भनाई थियो ।
बैठकमा , केन्द्रीय सदस्यहरु— महेश आचार्य, डा नारायण खड्का र एन।पी। साउदले आफ्नो धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाले गम्भीरता पूर्वक र गहिरो बिश्लेषण गरि कांँग्रेसले आवश्यक नीति अवलम्वन गर्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !