- महोत्तरी : पुस ७ गते मंगलवार ।।
- जनप्रभाव – सम्बादाता
महोत्तरी जिल्लाको रघुनाथपुर क्षेत्र बाट रातको समयमा तस्करी भैरहेको छ । राति १२ बजेदेखि ४ बजेको समयमा स्थानीय खोलाबाट तस्करी हुदै आएको स्थानीयहरू बताउँछन् । दैनिक जसो १५ वटा मोटरसाईकल मार्फत कपडाको ठूलो तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।
सिमा र चोरी तस्करीको नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको रघुनाथपुर बिओपीका प्रहरी निरीक्षक सूर्यबहादुर भण्डारीले नै तस्करी गराउन र तस्करीको लाइन दिएका छन् । यश बिओपीमा जानू भन्दा पहिले भण्डारी सितापुर भांगा भन्ने सुरक्षा बेशमा कार्यरत थिए। त्यसपछि गणमा आएका उनी अहिले नयाँ स्थापना गरिएको रघुनाथपुर बिओपीमा पुगेका हुन ।
डिआइजी चन्द्रप्रकाश गौतम तस्करी नियन्त्रणमा सक्रिय रहेको भनिरहेको बेला बाहिनी भएको जिल्लाकै नाकाबाट सशस्त्रकै संरक्षणमा तस्करी भैरहेको छ। खयरवनी नाकाबाट तस्करी भएका सामानहरू सबै गौशाला बजार आउछ। यी नाकाबाट तस्करीको मुख्य काम गर्नेमा कालिया र राजा मुख्य तस्कर हुन । उनीहरू साझेदार समेत हुन ।
उनीहरूले दैनिक पचास लाख भन्दा बढीको कपडा र हाडवेयरका सामानहरू प्रहरीको सेटिङमा तस्करी गरि गौशाला ल्याउने गरिरहेका छन् । रघुनाथपुर नाकाबाट तस्करीको लाइन पाउनेमा बसु पटेल , महेश यादव , राजेश यादव , आलम, नथुनी , मोती मुसलमान र आलम मुख्य छन् । उनीहरूले नाकाबाट कपडा , हाडवेयर , रांगा र खसीबोकाको तस्करी गर्दछन। सशस्त्रका निरीक्षक भण्डारीले उनीहरूलाई तस्करीको लाइन दिएका छन् ।
रघुनाथपुरबाट तस्करीको लाइन पाउनेमा गौशालाका शंकर महतो पनि मुख्य छन् । यसैबीच महोत्तरी स्थित सशस्त्रको ९ नम्बर गणबाट विवादास्पद प्रहरी निरीक्षक सुरेश झाको कमाण्डमा घुमुवा टोली परिचालन गरिएको छ।जबकि डिआइजी चन्द्रप्रकाश गौतमले घुमुवा वन्देज भनी अभियान चलाएपनि एसपी सुरेश सापकोटाले निरीक्षक झाको कमान्डमा सिपाही अन्जनी झाको घुमुवा टोली परिचालन गरिएको छ ।
निरीक्षक झा राजु अर्याल डिआइजी हुदा पनि घुमुवा टोलीको कमान्डर नै थिए। त्यतिबेला पनि उनी धेरै विवादमा परेका थिए। केही महिना मात्र जागिर बांकी रहेका निरीक्षक झालाई फेरि एसपी सापकोटाले किन घुमुवा कमान्डर बनाए भन्ने प्रश्न उठेको छ, जबकि सापकोटा तस्करी नियन्त्रण गर्ने एसपीका रूपमा चिनिन्छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !