सर्लाही : पुस ७ गते मंगलवार ।।जनप्रभाव – सम्बादाता
सर्लाहीको त्रिभुवननगर नाका अहिले तस्करीको अखडा बनेको छ। त्रिभुवननगर नाका स्थित सशस्त्रको बिओपीका प्रहरी निरीक्षक संजित सिंहको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ। घर नै सर्लाही भएका निरीक्षक सिंह यश अघि टावर स्थित बेशमा थिए।
त्यहीँ कार्यरत रहंदा पनि उनी धेरै बद्नाम र बिवादमा परेका थिए।तिनै बदनाम र बिवादित सिहंलाई फेरि सर्लाहीको सबैभन्दा तस्करी हुने नाकाका रूपमा चिनिएको त्रिभुवननगर नाकाको बिओपीको जिम्मेवारी दिएपछि अहिले व्यापक मात्रामा सो नाकाबाट तस्करी भैरहेको छ।सशस्त्र प्रहरीले खुलेयाम तस्करी गराई रहेका छन् । यसबाहेक सखुवहाबाट समेत तस्करी भैरहेको छ। ती तस्करीको सामानहरू लालवन्दी सम्म पुग्ने गर्दछ। दैनिक दुई दर्जन बढी मोटरसाइकलबाट कपडा , सुर्तीजन्य सामान र अन्य घरायसी सामानहरूको ठूलो तस्करी भैरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !