Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पद जोगाउन संसद् विघटन

  • काठमाडौं,पुस ७ गते मंगलवार ।।
  • जनप्रभाव – सम्बादाता

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राष्ट्रका नाममा दिएको सन्देशमा संसद् विघटन गर्नुपर्ने कारण आफूमाथि अविश्वासको प्रस्तावको तयारी हो भन्ने कुरा आफैँले स्वीकारेका छन् । सम्बोधन भाषणमा ओलीले भनेका छन्– ‘प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारीलाई अगाडि बढाउनु, पार्टी अध्यक्ष एवं संसदीय दलका नेतालाई थाहै नदिई संसद अधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गर्नु, संविधानविपरीत पार्टी, प्रणाली र पद्धतिमाथि नै गंभीर आघात पु¥याउनु हो । यसपछि नै पार्टीभित्रको अवस्था निकै गंभीर र सङ्कटपूर्ण बन्न पुगेको हो ।’

त्यसैले ओलीको सम्बोधन भाषणको पृष्ठभूमिमा जे जस्तो कुरा भनिए पनि अन्ततः प्रधानमन्त्री पद छाड्नुपर्ला भनेरै संसद् विघटन गरिएको छर्लङ्ग भयो । पुस ४ गते शनिबारसम्म प्रधानमन्त्री ओलीले अध्यक्ष पद वामदेव गौतमलाई छाड्ने तयारीमा थिए । यस अगाडि पनि ओलीले अध्यक्ष पद छाड्ने बताइरहेका थिए । तर, उनी आफैँले पटक–पटक बोलेको कुरामा अड्न नसक्दा उनीमाथि सचिवालय सदस्यहरुको विश्वास डगमगाएको थियो । जतिबेला स्थायी कमिटीको बैठकमा एक व्यक्ति एक पदको कुरा उठ्यो, त्यतिबेला उनले अध्यक्ष पद छाडेको भए यो अवस्था आउने थिएन । अध्यक्ष पद छाड्छु पनि भन्ने, ‘अध्यक्ष चाहिएको भए महाधिवेशन कुर्नुस्, प्रधानमन्त्री चाहिएको भए अर्को चुनाव कुर्नुस्’, पनि भन्ने, त्यति मात्र होइन, अब फेरि म अध्यक्ष र प्रधानमन्त्री बन्दिनँ भन्ने जस्ता कुरा गरेर शीर्ष नेताहरुलाई अल्मल्याउन खोजेपछि उनी धरापमा परेका हुन् भन्ने कुरा बुझ्नुपर्छ । पार्टीको रिस संसद् विघटन गरेर पोख्ने कुराले उनी अराजनीति र निरंकुश हुन् भन्ने कुरा जनताले बुझिसकेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा अगाडि भनेको छन्– ‘अस्ति पुस ४ गते मात्रै पनि मैले पुष्पकमल दहालजीको निवासमै पुगेर उक्त विग्रहकारी आरोप–पत्र फिर्ता लिन, पार्टीमा सहज र स्वस्थ वातावरण सिर्जना गर्न र विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व हस्तान्तरणका लागि पटक–पटक आग्रह गरेँ । पार्टी एकीकरणको सङ्क्रमणकालीन प्रयोजनका लागि मनोनयनद्वारा गठन भएका र महाधिवेशन सम्पन्न गर्ने मुख्य दायित्व भएका पार्टीका नेतृत्वदायी कमिटीहरुलाई पार्टी विधान र एकीकरणको भावना विपरीत पार्टीलाई मतदानको अवस्थातिर नधकेल्न र कर्तव्यको लिकबाट बाहिर नजान बारम्बार आग्रह गरेँ । तर यस प्रयाशलाई मेरो कमजोरी ठानियो । केही भएको छैन, केही गरिने छैन भन्ने कुरामा अल्मलाउँदै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी अगाडि बढाइयो ।’ सम्बोधन भाषणमा बोलेको कुराले ओलीले प्रधानमन्त्री पद जोगाउन संसद् विघटन गरेको हो भन्ने बुझिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh