- सुनसरी : पुस ७ गते मंगलवार ।।
- जनप्रभाव – सम्बादाता
सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ । लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान सोमबार प्रहरीले बरामद गरेको हो ।
भारतबाट चोरी पैठारी गरी भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !