- जनकपुरधाम, पुस ६ गते सोमबार ।
- जनप्रभाव – सम्बादाता
प्रदेशका आठवटै जिल्लामा खासगरी भारतीय नाकामा निगरानी तथा तस्करी नियन्त्रणका निम्ति खटाइएका ती प्रहरीले तस्करसँग मिलिमतो गरेर आचरण विरुद्धको काम गरेपछि उनीहरलाई कार्वाही गरिएको शसस्त्र प्रहरीको प्रदेश कार्यालयले जनाएको छ ।
ती घुमुवा प्रहरीले भारतीय सीमानाकाबाट तस्करहरुसँग मिलोमतो गरेको सूचनाको आधारमा उनीहरुलाई कारवाहि स्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको डीआईजी गौतमको भनाइ छ ।
‘म प्रमुख भएर आएपछि उनीहरुको तस्करसँगको मिलोमतो भएको भन्ने उजुरी आइपुगेकाले कारबाही स्वरुप उनीहरुलाई प्रदेशमा तानेको हुँ,’ प्रमुख गौतमले भने,‘उनीहरुले आफ्नो संगठनको आचरणविरुद्धको काम गरेको देखिन्छ ।’
प्रदेशमा तानिएका घुमुवाहरुले विगत ७ वर्षदेखि सादापोशाकमा काम गर्दै आएको र संगठनमा हुनुपर्ने शारीरिक तन्दुरुस्ती लगायत सशस्त्र प्रहरीको आचरण समेत भुलेकाले अहिले उनीहरुलाई बाहिनीमा ‘रिभरेस’ तालिम दिई राखेको छ ।
उनीहरुलाई यो तालिमपछि शारीरिक तालिम दिएर सशस्त्रको अन्य पोशाकसहितको अन्य डिउटीमा खटाउने प्रदेश सशस्त्र प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !