- काठमाडौं : पुस ५ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
विप्रेषण सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउने प्रतिबद्धताका साथ दुई दशकअघि स्थापना भएको आएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका ७९ जनाका परिवारलाई जनही रु ५० हजार प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आइएमई भरोसा कोष’ स्थापना गरेर आइएमईले खाडी मुलुक र मलेशियामा मृत्यु भएका श्रमिकका परिवारलाई आज सो रकम प्रदान गरेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रम सहायता रकम हस्तान्तरण गर्दै आएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारीको सिलसिलामा विदेशमा कोरोनाका कारण ज्यान गुमाएका नेपालीका परिवारजनलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरी सहायता रकम उपलब्ध गराइएको बताउनुभयो ।
