-
न्यौपानेविरुद्ध ठगीसँगै कीर्ते सम्बन्धी कसुरमा पनि मुद्दा चल्ने
-
आफुलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै न्यौपानेले रिट दायर गरेका थिए ।
- काठमाडौं : पुस ४ गते सनिवार ।।
- जनप्रभाव – सम्बादाता
नेपाल इन्जिनियरीङ कलेजका पूर्व अध्यक्ष लम्बोधर प्रसाद न्यौपानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) विरुद्ध हालेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । ठगी मुद्दामा पक्राउ परेका नेपाल इन्जिनियरीङ कलेजका पूर्व अध्यक्ष लम्बोधर प्रसाद न्यौपानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) विरुद्ध हालेको बन्दीप्रत्यक्षीकरणको रिट अदालतले खारेज गरेको हो ।
आफुलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै न्यौपानेले रिट दायर गरेका थिए ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मलता माथेमाको इजलाशले रिट खारेज गरेको हो । रिट खारेजभएसँगै उनीविरुद्ध ठगी मुद्दा चलाउन प्रहरीलाई बाटो खुलेको हो । न्यौपानेसँगै अनियमिततामा संलग्न तत्कालिन सञ्चालकहरु ललितपुरका रामकृष्ण उपाध्याय, काठमाडौं बिशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लबराज भट्टराई भने फरार छन् ।
कलेजले नै दिएको ठगीको जाहेरीका आधारमा न्यौपाने गत १० मंसिरमा पक्राउ परेका थिए । कलेजको ८ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआईबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानले बाँकी अन्य सञ्चालकले ठगी गरेको कलेजले जनाएको छ । न्यौपाने २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए ।
जसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि बिना खर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । न्यौपानले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै २० फागुन २०७३ मा बसेको सञ्चालक समितको बैठकले एक करोड ५० लाख रुपैया कुनै बिल नै पेश नगरी सञ्चालकहरुलाई दिने निर्णय गरेको थियो । काल्पिनिक शीर्षकमा उनले पटक पटक रम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ । न्यौपानेको नेतृत्वमा कलेज सञ्चालन हुँदा २३ करोड १० लाख रुपैयाँ बेरुजु आएको थियो । हालसम्मको अनुसन्धानले न्यौपानेविरुद्ध ठगीसँगै कीर्ते सम्बन्धी कसुरमा पनि मुद्दा चल्ने देखिएको छ । एसपी पाण्डेका अनुसार न्यौपाने लगायतका प्रतिवादीले कलेजको विधानसमेत कीर्ते गरेको पाइएको हो ।
‘कलेजको विधान २०५१ पेस गरी नेपाल इन्जिनियरिङ कलेजले २०५५ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो, त्यस वेला पेस भएको कागजात ब्युरोले मगाएको थियो’, पाण्डेले भने, ‘पोखरा विश्वविद्यालयबाट कलेजको विधान २०५१ (संशोधनसहित २०५६) को फोटोकपी प्राप्त भएकोमा सोमा दफा ३.१ को ग (यो मुनाफा रहित उद्देश्यले स्थापना गरिएको छ) व्यहोरा हटाइ उक्त लाइन खाली राखिएको पाइएको छ ।’
यसरी न्यौपानेसहितको समूहले विधानमा कीर्ते गरेर पेस गरेको देखिएकाले कीर्ते सम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाउनुपर्ने देखिएको पाण्डेले बताए । उनका अनुसार न्यौपानेसहितको समूहले विधान विपरित आफूहरुलाई लाभ पुग्ने र संस्थालाई हानी, नोसक्सानी पुर्यानउने निर्णयहरु गरेर संस्थालाई ठगी गरेको देखिएको छ ।
प्रहरीले न्यौपानेलाई १० मंसिरमा पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले किटानी जाहेरी ब्युरोमा दिएका थिए ।
न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !