-
काठमाडौँ,पुस ३ गते शुक्रबार ।।
-
जनप्रभाव – सम्बादाता
‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह उपाधिबाट बाहिरिनु परेको छ । नेपाली सेफ सन्तोष आफुले हारेपनि नेपाली खानालाई भने विश्व सामू जिताउन सफल भए ।
बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रहेपनि नेपाली खाना विश्व सामू परिचित गराउने उनको सपनालाई कसैले रोक्न सकेनन्। प्रत्येक पटक नेपाली खानाको स्वाद चखाएर टपमा पुगेका सन्तोषलाई उपाधिबाट बेलायती सेफ आलेक्स वेवले हराए।
तर, ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिएका छन् ।
आफ्नै स्वाभिमान देखाएका सन्तोषले पनि उपाधि भन्दा पनि नेपाली परिकारलाई परिचित गराउन सकेको भन्दै खुशी व्यक्त गरेका छन् । करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाएका थिए । हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु समेत चिनाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !