- काठमाडौं : पुस ३ गते शुक्रबार ।।
- जनप्रभाव – सम्बादाता
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध युद्धकालीन मुद्दा आज शुक्रबार ब्युतिएको छ ।
सर्वोच्चका अदालतको संवैधानिक इजलासमा विचाराधिन रहेको अर्जुन लामाको हत्या प्रकरणको मुद्दा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नतामा मुद्दा ब्युतिन लागिएको हो ।
द्वन्द्वकाल २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा २०६८ असार ६ गते सापकोटाविरुद्ध दर्ता भएको थियो । सापकोटाविरुद्ध काभ्रेकी पुर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले निवेदन दर्ता गरेका थिए । सोहि निवेदन सुनुवाईको पेशीमा चढेको हो ।
नेकपाको पछिल्लो संवैधानिक परिषद्को विवाद चलिरहेको समयमा सापकोटाविरुद्ध २०६८ असार ६ गते दर्ता भएको निवेदन सुनुवाईको पेशीमा चढ्नुलाई अर्थपूर्ण मानिएको छ । यसमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटासँग बदला लिन लागेका हुनसक्ने उच्च स्रोतले दावी गरेका छन् ।
मंगलबार बोलाएको संवैधानिक परिषद् बैठक सभामुख सापकोटाले बहिस्कार गरेका थिए। सापकोटाको सोही बहिस्कारलाई लिएर नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई सहयोग नगरेको भन्दै सापकोटासँग बदला लिन लागेको हुनसक्ने आंकल गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !