- काठमाडौं : पुस ३ गते शुक्रबार ।।
- जनप्रभाव – सम्बादाता
नेपाली सेनाको इतिहासमा कति प्रधानसेनापति आए गए तर वर्तमान प्रधानसेनापतिज्यूले वषौंदेखि पिल्सिएका सिपाहीहरुको वाहवाही कमाउन सफल भएका छन ।
उनले सेना प्रहरीलाई निजामतीसंग दाज्न मिल्दैन भन्दै तल्लो तहका सैनिकको मागअनुसार सेनाले रक्षा मन्त्रालयमा सेनाको सेवा अवधी १६ बर्ष ठीक छ भनि प्रस्ताव पठाएका छन ।
तल्लो तहका सैनिकको गुनासो निवृत्तिकरणको सेवाअधि १६ वर्ष बनाउन माग भएपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । हाल भने पेन्सन लिएर निवृत्तिकरणका लागि २० वर्ष सेवाअवधि पुग्नुपर्ने प्रावधान छ ।
सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरुपता बढाइ २० बनाएको थियो । मागअनुसार नै आफूले रक्षा मन्त्रालयमा त्यससम्बन्धि पत्राचार गरेको जानकारी प्रधानसेनापति पूर्णचन्द्र थापाले गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !