- काठमाडौं : पुस २ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
चीनको चांग-अ फाइभ यान चन्द्रमाको सहतमा पुगेर पृथ्वीमा फर्किएको छ । चन्द्रमाको सतहबाट केही चट्टान र धुलो लिएर उक्त यान चीन बताइएको छ ।
चांग-अ फाइभ यान बुधबार मंगोलियाको भितारी क्षेत्रमा स्थानीय समय अनुसार १:३० बजे अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।
गत नोभेम्बर २४ मा चीनले सो यान दक्षिण चीनको वेनचांग स्टेशनबाट प्रक्षेपण गरेको थियो । चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताएको थियो । उसले कति नमुना सङ्कलन गर्यो भन्ने स्पष्ट छैन, तर सम्भवत २/४ किलो सामान हुनुपर्छ।
चीनले जारी राखेको अनुसन्धानका क्रममा ४० वर्षपछि चन्द्रमामा रहेका नमूना अनुसन्धानका लागि पृथ्वीमा ल्याउन सफल भएको हो ।
यसअघि रुसले सन् १९७६ मा लुना–२४ मिशन यानमार्फत चन्द्र सतहको २ सय ग्राम माटो पृथ्वीमा ल्याएको थियो । त्यसअघि अमेरिकाको एपोलो ११ यानले पनि चन्द्रमाको सहतहबाट ढुंगा र मोटाको नमूना ल्याएको बताइएको छ ।




