- काठमाडौँ : पुस १ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का केही सांसदहरु आज राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपाका स्थायी कमिटीका एक सदस्यकाअनुसार मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै निवेदन लिएर सांसदहरु शीतलनिवास पुगेका हुन् ।
तर, पौने एक बजे नेकपाका सांसदहरु शीतलनिवास पुगे पनि उनीहरुको निवेदन भने दर्ता भएको छैन् । शीतलनिवास पुगेका एक सांसदले राष्ट्रपति कार्यालयका सचिव निवेदन दर्ता गर्न छाडेर त्यहाँबाट निस्केको बताए । उनले आफुहरुले उनलाई पर्खिरहेको पनि बताए ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का सांसद पम्फा भुसाल र भीम रावलसहितको टोली निवेदन लिएर शीतलनिवास पुगेका छन् । उनीहरु सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।
संसदको एक चौथाई सांसदले लिखितरुपमै निवेदन दिए विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !