- काठमाडौं : पुस १ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
प्रहरीको एक एआईजी पदमा वरिष्ठ डीआईजी विश्वराज पोखरेलको बढुवा भइसकेको छ । एआईजीको बढुवा पछि अब रिक्त नौ डीआईजी पदमा बढुवाको तयारी भइरहेको छ । रिक्त नौ डीआईजी पदका लागि तीन समूहका एसएसपीहरुको दौडधुप चलेको छ ।
आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचकै एसएसपीहरु डीआईजी बढुवा हुन सकेका छैनन् । आईजीपी पछिको धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको ब्याचका एसएसपीहरु पनि बढुवाका दाबेदार हुन् । यो समूह पछिका एसएसपीहरु पनि डीआईजी बढुवाका लागि लागेका छन् ।
प्रहरी महानिरीक्षक थापाको ब्याचबाट गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, सौरभ राणा बढुवाका दाबेदार छन् । उनीहरुमध्ये सौरभ राणा बलात्कार प्रकरणमा मुछिएकाले उनको बढुवाको सम्भावना कम छ ।
त्यसपछिको ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँलगायत डीआईजी बढुवाका दाबेदार हुन् । लोहनी सुनकाण्डमा परेर यसअघि बढुवामा छुटेका हुन् । पूजा सिंहमाथि काभ्रेमा हुँदा सिपाही हवल्दारको रासन र टीएडीए हिनामिना गरेको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ ।
रासन अनियमिततामा मदन पुरस्कार प्राप्त पूर्व डीआईजी महेशविक्रम शाहमाथि यसअघि नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । शाहको भन्दा पनि एक कदम अगाडि बढेर एसएसपी सिंहले काभ्रेको प्रहरी प्रमुख हुँदा सिपाहीको टीएडीएको रकमसमेत खाएको आरोप छ ।
यो ब्याचभन्दा पछिल्लो ब्याचबाट पनि डीआईजी बढुवाका लागि केही एसएसपीहरु लागेका छन् । कार्यक्षमताका आधारमा यो समूहबाट डीआईजी बढुवा हुनका लागि लाग्ने एसएसपीहरुमा सन्दीप भण्डारी र दीपक थापा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !