- काठमाडौँ : पुस १ गते बुधबार ।।
- जनप्रभाव : सम्बादाता
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका बरिस्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।
उनले ट्वीट गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ ।
सत्ताधारी नेकपा र विपक्षी कांग्रेसहितका दलले अध्यादेश ल्याउने ओली तथा त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिरहेका छन् ।
तर डा. भट्टराईले भने ओली र भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर संसद अधिवेशन बोलाई महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका छन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘ महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक र वक्तब्यवाजी र गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने हो?’
फेसबुकबाट तपाईको प्रतिक्रिया !