- काठमाडौं : मङ्सिर ३० गते मंगलवार ।।
- जनप्रभाव : सम्बादाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का प्रवक्ता नारायणकाजी श्रेष्ठ यतिबेला गम्भीर संकटमा फसेका छन् । आफ्ना जीवनभरिका सहयोद्धा स्व.कमानसिंह लामाले मर्ने बेला आफ्नो परिवार उजाडेको र सेयरबापतको दुई करोड खाइदिएको अडियो र फेसबुकमा स्टाटस लेखेपछि नारायणकाजी अप्ठेरोमा परेका हुन् ।
तर, यतिबेला सबैभन्दा बढी चासो नारायणकाजीको अडियो र भिडियो कसरी, कुन नियतले सार्वजनिक भयो ? सबैको ध्यान त्यतै गएको छ । मृत्युशैयामा पुगेको मान्छेले सत्य बोल्छ भन्ने मान्यताका आधारमा सबैले कमानसिंहले लेखेको विश्वास गरेका छन् ।





















