Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीले जेठमै श्रेष्ठलाई धम्की दिएका थिए, भिडियो बाहिर ल्याइदिऊँ ?

  • काठमाडौं : मङ्सिर २८ गते आइतबार ।।
  • जनप्रभाव – सम्बादाता

बिहीवार बिहान नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि लामाको लेनदेनलाई मध्यस्थता गरेको कुराकानीको अडियो र भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेता तथा कार्यकर्ताहरूले श्रेष्ठमाथि भ्रष्टाचार तथा नैतिकताको कुरा उठाउँदै एकतर्फी प्रहार गरिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबूक र ट्वीटरमा पछिल्लो समय प्रवक्ता श्रेष्ठले नेकपा प्रवक्ताबाट राजीनामा दिनुपर्ने माग उठाइएको छ ।
सार्वजनिक भएको अडियो र भिडियोमा लामाले साढे दुई करोडको हिसाबकिताब पाउनुपर्ने माग गरेका छन् । तर उनले हिसाब मागेको श्रेष्ठसँग भने होइन ।

लामाकी श्रीमती इन्द्रमाया तामाङले याम्बालिङ हाइड्रोपावर प्रालि श्रेष्ठको सचिवालयमा काम गर्ने सुसन कर्माचार्यलाई साढे २ करोड बराबरको शेयर दिएकी थिइन् । त्यही शेयरको पैसा आफूले पाउनुपर्ने भन्दै लामाले श्रेष्ठसँग कुराकानी गरेका थिए ।

गत जेठमै ओलीले अडियो भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए
गत फागुन २० गते भएको राष्ट्रिय सभा निर्वाचनमा जितेर संघीय संसदको सदस्य बनेका थिए प्रवक्ता श्रेष्ठ । २०७४ सालको निर्वाचनमा गोर्खा क्षेत्र नम्बर २ मा हाल जसपाका नेता डाक्टर बाबुराम भट्टराईसँग उनले प्रतिनिधिसभा निर्वाचन हारेका थिए ।
प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभामा निर्वाचित भइसकेपछि जेठमा एक वर्षको तलबभत्ता नलिने घोषणा गरे । पेट कसेर भएपनि देश निर्माणमा अग्रसर हुँदै आफूले तलब भत्ता नलिने घोषणा गरेको केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुवाटार बोलाए ।
‘तपाईं आफैं भन्नुभएको होइन मलाई आर्थिक अभाव छ, पार्टीले केही खर्च धान्दिएदेखि सहज हुन्थ्यो भनेर,’ ओली र श्रेष्ठको भनाइ सुनेका प्रधानमन्त्री सचिवालयका एक सदस्यले ओलीको भनाइ उदृत गर्दै भने, ‘अहिले ढोंग गर्ने ? कहाँबाट आएको छ पैसा ? बरू मलाई थाहा छ, तपाईको कुन कुन हाइड्रोपावरमा सेयर छ । कोको सँग आर्थिक लेनदेनमा हुनुहुन्छ भनेर ।’
त्यतिबेलै नेकपाको विवाद उत्कर्षमा पुगेको थियो । ओलीले सबैकुरा बाहिर ल्याइदिने धम्की दिएपछि श्रेष्ठले जवाफ फर्काए, ‘मैले गल्ती गरेको छैन । हाइड्रोको सेयर मेरो होइन । मैले मध्यस्थता गर्न खोजेको मात्र हुँ ।’
‘ओलीले त्यतिबेलै अडियो र भिडियो बाहिर ल्याइदिने धम्की त्यतिबेलै दिएका थिए,’ श्रेष्ठनिकट एक व्यक्तिले सूत्रन्यूजसँग भने, ‘तर आफूले गल्ती नगरेको भन्दै नारायणकाजी कमरेडले जे बाहिर ल्याएपनि फरक नपर्ने जवाफ दिएर फर्किनु भएको थियो । आखिर त्यतिबेला ओलीले दिएको धम्कीअनुसार भिडियो बाहिर आइछाड्यो ।’

उनले ओलीनिकट नेता कार्यकर्ताहरू संचालक रहेको सञ्चारमाध्यमबाट अडियो र भिडियो बाहिरिनु सामान्य रहेको प्रतिक्रिया दिए ।

  • श्रेष्ठको स्पष्टिकरण

प्रवक्ता श्रेष्ठले आफूविरुद्ध कसैले राजनीतिक षड्यन्त्र गरेको दाबी गरेका छन् । ‘कमानसिंहजीले मिलाइदिनुस भनेपछि मैले मध्यस्थता गर्न खोजेको हो,’ श्रेष्ठले भनेका छन्, ‘याम्लिङ हाइड्रोपावरको सेयर कमानसिंहजीले कसैलाई बेच्नुभएको रहेछ र पैसा पाउनु भएको थिएन । उहाँले साथी भएको नाताले मलाई मिलाइदिन पहल गर्नुस न भनेर भन्नुभयो । त्यही अडियो भिडियोलाई बाहिर ल्याएर अहिले सुनियोजित प्रचारबाजी गरिँदैछ ।’
उनले पार्टीभित्र बढेको अन्तरविरोधका कारण आफ्नो चरित्रहत्या गर्न लागिएको पनि दाबी गरे । ‘मैले नेपालको राजनीतिमा हुने भ्रष्टाचारको विरोध गरेको थिएँ । अझै पनि गरिरहन्छु । त्यो कसैलाई मन परेको छैन र मेराविरुद्ध सुनियोजित प्रचार गरिएको छ । यस्ता कुराबाट भ्रममा नपर्न सबैलाई आग्रह गर्छु ।’
  • इन्द्रमायाले भनिन् – नारायणकाजी दोषी छैनन्

लामाकी कान्छी श्रीमती इन्द्रमाया तामाङले श्रेष्ठ निर्दोष रहेको प्रतिक्रिया दिएकी छन् । उनले एक अनलाइनसँग कुरा गर्दै भनेकी छन्, ‘सिन्धुपाल्चोकमा रहेको ७.२७ मेगावाट क्षमताको याम्लिङ हाइड्रोपावरमा हाम्रो लगानी हो । नारायणकाजी श्रेष्ठकी स्वकिय सचिव सुशान कर्माचार्य आफैले शेयर लिएको होइन । दुई वर्षअघि यो हाइड्रोपावरको शेयर (साढे दुई करोड) लिइदेउ भनेर मेरो श्रीमान (कमानसिंह) आफैले अनुरोध गरेको हो । सुशानले ‘दाईसँग काम गर्न म सक्दिनँ’ भनेर बारम्बार जवाफ दिएकी थिइन् ।’

इन्द्रमायाले यदि सुशान कर्माचार्यले शेयर नलिएको भए त्यो हाइड्रोपावरको लाईसेन्स खोसिनेवाला रहेको पनि बताएकी छन् । ‘त्यो बचाउनकै लागि हामीले शेयर जबरजस्ती दिएका हौँ,’ उनले भनेकी छन्, ‘नारायणकाजी श्रेष्ठ दाईको के दोष थियो ? मेरो श्रीमानले नै बारम्बार सुशानलाई शेयर लिइदिनुस् राम्रो हुन्छ भनेर भनेर लगाउनु भएको हो । नारायणकाजी श्रेष्ठले त्यो भिडियोमा पनि केही बोल्नु भए जस्तो लाग्दैन । मेरो श्रीमान, म र सुशान सबै आफ्नै परिवारको मान्छे भन्नु भएको छ नी ।’

  • प्रबक्ता श्रेष्ठको चरित्रहत्या भयो – याम्लिङ हाइड्रोपावर

जुन हाइड्रोपावरको सेयरलाई लिएर कमानसिंह लामा र प्रवक्ता श्रेष्ठबीच बहस भएको थियो, त्यो कम्पनीले विज्ञप्ति निकाल्दै श्रेष्ठ निर्दोष रहेको दाबी गरेको छ ।

‘नारायणकाजी श्रेष्ठ प्रकाशलाई जोडी उहाँको चरित्र हत्या गर्ने उद्देश्यले आएका भ्रामक कपोलकल्पित एवं राजनीतिक दुरासययुक्त भावनाले यस्ता कुरा सञ्चारमाध्यममा आउनु दुर्भाग्य हो,’ हाइड्रोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमानसिंह लामाले उठाएको विवादलाई उहाँकै अनुरोधमा समाधान गर्ने प्रयास स्वरूप भएको छलफललाई अन्यथा लिन मिल्दैन ।’
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh