- धनुषा : मङ्सिर २६ गते शुक्रबार ।।
- जनप्रभाव : सम्बादाता
नेपाल-भारत सिमा नाका जटिहिमा आज शुक्रबार एक महिलाको शव फेला परेको छ ।
धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नम्बर – २ जहटी बोर्डरस्थित दुर्गापट्टी खोला नजिक परालको कुइनो नजिकै सडेको अवस्थामा शव फेला परेको हो ।
लामो समय बितिसकेकोले शव गन्हाईरहेको अवस्थामा फेला परेको सिमा प्रहरीले जनाएको छ । घाँस काट्न गएका केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जटहि भन्सारदेखि पाँच सय मिटर पुर्व नेपाल भारतको सिमामा पहिचान खुल्न नसकेको अन्दाजी २०÷२२ वर्षीया महिलाको वेवारिस शवको शरीर डोरीले बाँधिएको अवस्थामा रहेको र आधा शरीर जनावरले खाईसकेको अवस्थामा भेटिएको सीमा प्रहरी चौकी जटहीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनु श्रेष्ठले जानकारी दिनु भयो ।
उनले महिलाको कसैले हत्या गरेर फालिएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !