-
काठमाडौं : मंसिर २६ गते शुक्रबार ।।
-
जनप्रभाव : सम्बादाता
करिब ९ महिनापछि नेपाल र भारतबीच नियमित हवाई उडानको बाटो खुलेको छ । नेपाल सरकारले नेपालको एक र भारतको एक वायुसेवा कम्पनीलाई उडानको अनुमति दिने निर्णय गरी सहमतिका लागि गरेको प्रस्ताव भारत सरकारबाट स्वीकार भएको हो ।
अब नेपालबाट नपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले नियमित उडान गर्ने भएका छन् । नेपालस्थित भारतीय दूतावासका अनुसार उक्त एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने विषय स्वयं एयरलाइन्सलाई जिम्मा दिइएको छ ।
योसँगै नेपालबाट नेपाल एयरलाइन्सले दिल्लीका लागि र एयर इन्डियाले दिल्लीबाट काठमाडौंका लागि दैनिक एक÷एक उडान गर्नेछ । अब नौ महिनासम्म रोकिएका यात्रुहरुले नियमित यात्रा गर्न सक्ने भएका छन् ।
‘एयर ट्रान्सपोर्ट बबल स्किम’ कोरोना भाइरसको संक्रमणपछि मुलुकहरुले आफ्ना नागरिकलाई लैजान सक्ने गरी भारतले ल्याएको अवधारणा हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !