-
काठमाडौं : मङ्सिर २३ गते मंगलवार ।।
-
जनप्रभाव – सम्बादाता
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँग राजनीतिक विश्वास बढेको बताएका छन् ।
मंगलबार नेपाल र चीनद्वारा संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा कार्यक्रममा चिनियाँ राष्ट्रपतिको सन्देश पढ्दै चिनियाँ पक्षले नेपालमा पछिल्लो समय भएको उच्चस्तरीय राजनीतिक भ्रमणले नेपालसँग राजनीतिक विश्वास बढेको बताएका हुन् ।
नेपालको एकता, स्थिरता र विकासका लागि चीन सहकार्य गर्न तयार रहेको सीको भनाइ थियो । यस्तै, उनले सगरमाथा नेपाल र चीनबीच अनन्य मित्रताको प्रतिक भएको बताउँदै हिमाली क्षेत्रमा थप अध्ययन अनुसन्धान गर्न र वातावरण संरक्षणका लागि नेपालसँग सहकार्य गर्ने गत वर्षको सहमति पनि स्मरण गराएका थिए ।
यता, राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उचाइको स्पिरिटमा नेपाल र चीनबीच धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । पत्रमा राष्ट्रपति भण्डरीले सगरमाथाको उचाइ घोषणाको दिनलाई ऐतिहासिक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध सगरमाथा जस्तै भएको दावी गर्नुभयो ।
सन्देशमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीको नेपाल भ्रमण र आफ्नो चीन भ्रमणले दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाएको बताउनुभएको थियो ।
बहुआयामिक सीमापार सम्पर्क सञ्जाल ९ट्रान्स हिमालयन मल्टिडाइमेन्स्नल कनेक्टिभिटी नेटवर्क०को ढाँचामा नेपालसँग सहयोगको रणनीतिक साझेदारीमा अघि बढ्ने गत बर्षको सहमति राष्ट्रपतिले स्मरण गराउनुभएको थियो ।
नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गरे पनि मापनका लागि प्राविधिक काम भने बेग्लाबेग्लै गरेका थिए । सरकारले भने पहिलोपटक आफ्नै खर्चमा सगरमाथाको उचाइ मापन गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !