-
काठमाडौं : मङ्सिर २२ गते सोमबार ।।
-
जनप्रभाव – सम्बादाता
नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीमा पक्राउ परेका छन् ।
भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) धीरज प्रताप सिंहले जनप्रभाव न्यूजलाई जानकारी दिए । उनलाई लिन प्रदेश २ को प्रहरी कार्यालयबाट खटिएको विशेष टोली मोतिहारी पुगेको उहाँको भनाई छ । आलमलाई आजै जिल्ला अदालत रौतहटमा बुझाइने छ ।
०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार रहेका महताव आलम घटनाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्तावका आलमका भाई हुन् । आफ्तावका आलम पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !