-
विराटनगर : मङ्सिर २२ गते सोमबार ।।
-
जनप्रभाव : सम्बादाता
प्रदेश १ को राजधानी विराटनगर –९ स्थित कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यू प्याकेजिङ उद्योगमा मिसावट गरेको पाएपछि उत्पादित २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्यूको नमूना संकलन गरेर परीक्षण गर्दा गुणस्तरहीन पाइएपछि आइतबार नियामक निकायले नष्ट गरेको हो ।उद्योगमा उत्पादित घ्यू बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदै आएको थियो । बजार मूल्य भन्दा सस्तो मूल्यमा उपलब्ध घ्युमा मिसावट रहेको पाइएको हो ।
जिल्लास्थित संयूक्त बजार अनुगमन टोलीले गत असोज ३० गते नै उद्योगको अनुगमन गरेर नमूना संकलनपछि शिलबन्द गरेको थियो ।प्रयोगशाला परीक्षणका क्रममा घ्युमा मिसावट रहेको पाइएको ले उधोगी रमेश गोल्छाविरुद्ध मुद्दा दायरसंगै घ्यु नष्ट गरेको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो ।उद्योगी गोल्छाविरुद्ध गुणस्तरहिन घ्यू उत्पादन गरेर बिक्री वितरण गरेको अभियोगमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रक्रिया बढाइएको रिजालले बताउनुभयो । सुद्ध घ्यू उत्पादन गरेर बजारमा बिक्री गर्ने गरि सम्बन्धित कार्यालय अनुमति लिइएको र खाद्य प्रविधिसँग समेत अनुज्ञापत्र लिँदा सुद्ध घ्यू उत्पादनकै लिइएको छ ।
तर, उद्योगले पूजाको घ्यू भन्दै प्याकेजिङ गरेर बजारमा पठाउँदै आएको पाइएको छ ।प्रमुख रिजालले सम्बन्धित धनीसँग बयान लिने क्रममा घ्युमा मिसावट गर्ने गरेको आफैं स्वीकार गरेको बताउनुभयो । उहाँले भ्रमपूर्ण प्रचार, अस्वथ्यकर र असुद्ध घ्यू उत्पादन गरेर उपभोक्तालाई ठगी गरेको प्रयोगशाला परीक्षण प्रतिवेदनमा समेत स्पष्ट उल्लेख गर्नुभयो ।
उहाँले उपभोक्ता ठगि गरेको अभियोगमा खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार पत्र तयार गरेर जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिसकिएको जानकारी दिएको छ । प्रमुख रिजालले मुद्दा प्रक्रिया अगाडि बढाईएसँगै उद्योगमा लगाइएको शिलबन्दी खोलेर भण्डारमा रहेको सबै घ्यू जफत गरी नष्ट गरिएको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !