-
रुपन्देही : मङ्सिर २१ गते सनिवार ।।
-
जनप्रभाव : सम्बादाता
रुपन्देहीमा स्रोत नखुलेको २४ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । रुपन्दहेीको सम्मरीमाई गाउँपालिका–६ बस्ने ३२ वर्षीय प्रमोद कुमार गुप्तालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो ।
सुनौलीबाट भैरहवातर्फ आउँदै गरेको लु. ४३ प. १२३१ नम्वरको मोटरसाइकलमा सवार गुप्तालाई रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्क नजिकै नियमित चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
मोटरसाइकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको बोराको झोला र निजको शरीर समेत खान तलासी गर्ने क्रममा पाँच सय र एक हजारका बिटा बनाई ल्याएको अवस्थामा फेला पारी सोधपुछ गर्दा रकमको स्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।
थापाका अनुसार गुप्ताको साथबाट पाँच सयको २६०२ वटा (१३ लाख १ हजार), हजारको १०९९ वटा (१० लाख ९९ हजार) बरामद भएको हो । मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि गुप्तालाई बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !