-
काठमाडौं : मङ्सिर २१ गते आइतबार ।।
-
जनप्रभाव – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष वामदेव गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरेका छन्। नेकपाको सचिवालय बैठकमा गौमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको बदनाम गरेको भन्दै तुरुन्त पदबाट हटाउन आग्रह गरेपछि थापाले उक्त तस्बिर पोष्ट गरेका हुन् ।
उनले गौतम गृहमन्त्री हुंदा बाटो काटेको तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै को कस्तो ? तस्बिर काफी छ भनेर ब्यंग्य हानेका छन् ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेताहरुको आलोचना गर्ने गरेको भन्दै नेकपाभित्र उनको चर्को विरोध हुंदै आएको छ । उनि नारायणकाजी श्रेष्ठ प्रमुख रहेको प्रचार विभागको उपप्रमुख समेत हुन् । थापा र गौतम एउटै जिल्लाका हुन् । उनिहरुको २०७४ सालको चुनावयता सुमधुर सम्बन्ध छैन् । यसअघि तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार रहिसकेका थापा उपप्रधानमन्त्री ईश्वर पोखरेल निकट मानिन्छन् ।
गौतमले थापालाई प्रधानमन्त्रीको सल्लाहकारबाट हटाउनुपर्ने माग राख्दै आएका छन् । उनले आफु बर्दियाबाट पराजित हुनुमा थापा समेत जिम्मेवार रहेको आरोप लगाउंदै आएका छन् ।
थापाले उक्त फोटो केही समय राखेर हटाएपनि उनको आलोचना भने जारी छ । गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले थापाको चर्को आलोचना गरेका छन् । सुवेदीले थापाको काम भनेको नै अर्काको दलाली,चाकडी र हुर्मत लिने भएको आरोप लगाएका छन् । उनले २०७४ सालको चुनावमा गौतमलाई हराउन भुमिका खेलेको भन्दै त्यस्ता व्यक्तिलाई कार्वाही हुनुपर्नेमा प्रधानमन्त्रीको सल्लाहकार बनाइएकोमा असन्तुष्टि समेत जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !