- संजय कुशवाहा
- नवलपरासी,मंसिर १९ गते शुक्रबार ।।
पश्चिम नवलपरासीमा अबैध सामना अोसार पसारमा संलग्नमा १ बलेरो पिकप गाडी सहित ११ लाख ४२ हजार ४ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्सिपुरस्थित लु १ज ३२४३ नम्बरको बलेरो पिकप गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी अबैध रूपमा लैजादै गरेको १८ सय ४० किलो मकै र ९ सय ६० किलो हरियो केराउ सिमामा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।
उक्त मकै र केराउको अन्दाजी मुल्य २ लाख ४२ हजार ४ सय बराबर र बलेरो पिकप गाडीको मुल्य ९ लाख गरि जम्मा ११ लाख ४२ हजार ४ सय मुल्य बराबरको रहेको छ ।
नियन्त्रणमा लिएको सम्पुर्ण मालसामान ,गाडी र गाडी चालक समेत आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !