- राजविराज,मंसिर १९ गते शुक्रबार ।।
- जनप्रभाव – सम्बादाता
जन्मदिने आमाको हत्या गर्ने छोरालाई बिहीबार अदालतले जन्मकैदको सजाय गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका-१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको आरोपमा उनका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीलाई जन्मकैदको सजाय भएको हो।
जिल्ला न्यायाधीश सूर्यप्रकाश अधिकारीको इजलासले अभियुक्तलाई जन्मकैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !