- काठमाडौं : मङ्सिर १९ गते शुक्रबार ।।
- जनप्रभाव – सम्बादाता
लामो समयदेखि अभ्यासमा रहेर विशेषज्ञ तहको लाइसेन्स परीक्षामा सहभागी भएका २७ प्रतिशत चिकित्सक(डाक्टर) नै असफल भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको लाइसेन्सका निम्ति लिएको परीक्षामा २७ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका हुन् ।
मेडिकल काउन्सिलले २०७७ मंसिर १२ गते शुक्रबार र शनिबार विभिन्न चरणमा लिएको परीक्षामा ८ सय ३९ जना चिकित्सक सहभागी बनेका थिए । यीमध्ये २ सय २४ जना अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले चिकित्सातर्फ पोस्ट ग्राजुएट्स (पीजी) तह पूरा गरेकाका लागि परीक्षामार्फत विशेषज्ञको लाइसेन्स दिने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !